अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको अमेरिकाकाे आरोप

बिआरटीनेपाल २०७९ मंसिर २४ गते ४:२३ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको आरोप लगाएको छ । उक्त सहायताले रुसले युक्रेनमा इरानी ड्रोनहरु प्रयोग गर्ने आशंका उब्जिएको बताइएको हाे । यसले मस्को र तेहरानबीचको रक्षा सम्बन्ध थप मबजुद बनाउने चेतावनी दिएको छ। ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले मस्कोले तेहरानलाई महत्वपूर्ण सैन्य र प्राविधिक सहयोग प्रस्ताव गरेको आरोप लगाएका हुन्। उक्त सहयोगले दुई देशबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीहरुको आरोप छ ।

वासिङटनले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गरेको छ । पश्चिमी शक्तिहरुले इरानले युक्रने विरुद्धको युद्धका लागि रुसलाई ड्रोन आपूर्ति गरेको आरोप लगाएका छन् । मस्कोले रक्तपातपूर्ण द्वन्द्वमा आफ्नो स्वार्थका लागि युक्रेनको उर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएको बताइएको छ । गत महिना इरानले पनि रुसलाई सयौं ब्यालेस्टिक क्षेप्यास्त्रहरु बिक्री गर्न लागेको समाचार सार्वजनिक भएको थियो । सो कदमको बेलायत, अमेरिका लगायतका मुलुकले विरोध गरेका थिए । उनीहरुले मध्यपूर्व र अन्तर्राष्ट्रिय सुरक्षामा आफ्ना साझेदारहरुप्रतिको सुरक्षा खतरा बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू