अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

८ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा

बिआरटीनेपाल २०७९ मंसिर २४ गते ४:२२ मा प्रकाशित

८ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ । तीमध्ये ८ हजार ३८९ जना खाडी देशहरूका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले बताउनुभएको हो । “मन्त्रालयमा उपलब्ध तथ्याङ्क अनुसार भारतीय हाल विदेशी कारागारहरूमा पुर्पक्षमा रहेका लगायतका कैदीहरूको सङ्ख्या ८ हजार ४४१ रहेको छ । जसमध्ये चार हजार ३८९ खाडी मुलुक (संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान)का जेलमा रहेका छन्,’ उहाँले भन्नुभयो ।

युएई जेलमा रहेका कैदीहरूले भारतीय जेलमा आफ्नो बाँकी सजाय काट्न सक्छन् कि भनेर सोधिएको प्रश्नको जवाफ दिँदै, राज्यमन्त्रीले सजाय पाएका व्यक्तिहरूको स्थानान्तरण (टीएसपी), जुन नोभेम्बरमा हस्ताक्षर भइसकेको उहाको भनाई छ । “टिएसपी सम्झौता अन्तर्गत सजाय पाएको व्यक्तिलाई आफ्नो देशमा स्थानान्तरण गर्न कैदीको स्थानान्तरणको इच्छा, स्थानान्तरण र प्राप्त गर्ने देशको सहमति, अनुरोध प्रक्रियाको लागि आवश्यक पूर्ण कागजातको उपलब्धता, क्लियरेन्स जस्ता विभिन्न औपचारिकताहरू पूरा गर्नुपर्ने हुन्छ र सो प्रक्रियका लागि आवश्यक कागजातहरूको युएई पठाइएको छ, “कुलीधरनको भनाई छ ।

दोहामा हिरासतमा रहेका आठ पूर्व नौसैनिक अधिकारीको मुद्दा फेरि चर्चामा आएपछि यो विषय पुनः सार्वजनिक चासोको मुद्दा बनेको हो । डिसेम्बर १ मा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले कतारमा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरूको मामलामा नियमित रूपमा प्रतिक्रिया दिइरहेको र दूतावासले यस विषयलाइ गम्भीररूपमा लिइरहेको बताएका छन् ।प्रवक्ताले केही थुनुवाका दोहामा परिवारहरू छन् र उनीहरूलाई साप्ताहिकरूपमा भेटघाट गर्न अनुमति दिइएको पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू