अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

पार्टीमा विवाद आएर गज्जब भयो- रवि लामिछाने

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ७:०१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवादलाई गज्जब भएको प्रतिक्रिया दिनुभएको छ ।

बिहिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बढी मत आएकालाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा गरेको विरोध गज्जब भएको बताउनुभएको हो ।

लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भन्नुभयो ,‘मैले नै खबरदारी गर्नुहोला भनेको छु,जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन,कोही आत्तिनुपर्ने पनि छैन।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू