अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 13:11

अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु : प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७९ मंसिर २० गते ५:२४ मा प्रकाशित

प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको खस्किँदो अर्थतन्त्रको समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ । खस्कदो अर्थतन्त्रका कारण निजी क्षेत्र समस्यामा परेको भन्दै आज मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थतन्त्र जोगाऔँ अभियानमा रहेको महासङ्घका तर्फबाट अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डले अहिलेकै अवस्था लामो समयसम्म गएमा निजी क्षेत्र तहसनहस हुने भन्दै समस्या समाधानको लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीले यस विषयमा निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिबद्धता पनि जनाउनुभएको छ । शीर्ष नेतृत्वसँग भेटघाटको क्रममा महासङ्घ प्रतिनिधिमण्डलले गएको शुक्रवार अर्थमन्त्री जनार्दन शर्मासँग, अस्तप आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेट गरि देशको अर्थतन्त्र जोखिम उन्मुख रहेकाले जोगाउन आग्रह गरेको थियो ।

अनिवार्य नगद अनुपात सीआरआरलाई एक प्रतिशत विन्दुले कम गर्नुपर्ने, सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरि तरलता व्यवस्थापनका उपाय अबलम्बन गर्नुपर्ने, पुँजीगत खर्च बढाएर आर्थिक चहलपहल बढाउनुपर्ने र वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्ने महासङ्घको माग छ । यस्तै निजी क्षेत्र तथा बैंकहरूले विदेशबाट ऋण लिन सहजीकरण एवम् प्रोत्साहन गर्नुपर्ने, उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई तत्काल लागू गर्नुपर्ने लगायतका माग महासङ्घका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू