अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न जिल्ला काठमाडौं प्रशासनले काट्याे पत्र

बिआरटीनेपाल २०७९ मंसिर १६ गते ५:०० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पत्र काटेकाे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकताबारे छानबिन गर्न पत्र काट्दै जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गर्नु भएकाे हाे ।

प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले रविको नागरिकताबारे छानबिनका लागि पत्र आएको पुष्टि गर्नुभयाे । तर उहाँले यसबारे थप कुरा खुलाउन चाहनु भएन । स्राेतका अनुसार गृह मन्त्रालयमा रविको नागरिकतामाथि छानबिनका लागि उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू