अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

स्याङजा–२ मा काँग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै

बिआरटीनेपाल २०७९ मंसिर १५ गते ५:०६ मा प्रकाशित

स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउनु भएको छ । मतगणनमा शुरुवाती अग्रता कायम गर्नुभएकी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल गुरुङसँग २ हजार ४३ मतले पछाडि पर्नुभएको छ ।

मतगणनाको प्राप्त पछिल्लो परिणाम अनुसार काँग्रेस उम्मेदवार गुरुङले ७ हजार ९०६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी एमाले उम्मेदवार अर्यालले ५ हजार ८६३ मत ल्याउनु भएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा सो क्षेत्रमा धाँधली भएको उजुरी निर्वाचन आयोगमा परेपछि मतगणना रोकिएको थियो । तर आयोगले बुधवार मतगणना गर्न निर्देशन दिएपछि बुधवार रातिबाटै मतगणना शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू