अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

झापा–३ मा राजेन्द्र लिङ्देन निर्वाचित, कृष्ण सिटौला पराजित

बिआरटीनेपाल २०७९ मंसिर ८ गते ५:५३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको छ ।झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा लिङ्देनले सिटौलालाई ३ हजार २ सय ७६ मतले पराजित गर्नुभएको हो ।

लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याउनुभयो । लिङ्देनसहित प्रतिनिधिसभा सदस्यमा राप्रपाका चार नेताले जितिसकेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू