अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

दलहरुको व्यवहारले मतदान घटे : पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ५:५० मा प्रकाशित

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरुका व्यवहारका कारण प्रतिनिधि सभा र प्रदश सभा निर्वाचन-२०७९ मा मतदान गर्नेहरुमा कमी आएको टिप्पणी गर्नुभएको छ ।

राजनीतिक दलहरुको व्यवहारबाट विरक्तिएका र मतदाताहरुलाई सचेत बनाउन नसकिएका कारण सो निर्वाचनमा मत हाल्नेहरुको संख्यात्मक परिणाम घट्न गएको उहाँको निष्कर्ष छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाडौंमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले विदेशमा रहेका मतदाताहरुसँग बढन गएको, खेतीको सिजनका कारण पनि निर्वाचनमा कम मत खसेको समेत स्पष्ट पार्नुभयो ।

पोखरेलले पैसा र डिजिटल प्रविधिको व्यवस्थापन गर्नुपर्ने कुरा यो निर्वाचनले मुख्य चुनौतिको रुपमा औंल्याएको पनि बताउनुभयो । निर्वाचनमा परिपक्वता आएपनि पैसा र डिजिटल प्रविधिको दूरपयोग रोक्न भने निर्वाचन पर्यवेक्षकहरुले पनि आगामी दिनमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा सुरक्षा चुनौति र मतदाता शिक्षामा कमी रहेको पाइएको पनि बताउनुभयो । निर्वाचनमा केही छिटफुट घटना भएपनि मतदान प्रक्रियाको विश्वसनियता र स्वच्छन्दतामा प्रतिकूल असर हुने कुनै पनि गतिविधि नभएको निर्वाचन पर्यवेक्षणमा खटिएका नियोक र जियोकको पनि प्रारम्भिक टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू