अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

गोरखामा ६ हजार ३ सयभन्दा धेरै मतले प्रचण्डको अग्रता, एमालेका मिया तेस्रो स्थानमा

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ६:२६ मा प्रकाशित

गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मत गणनाअनुसार ८ हजार ६ सय १९ मतसहित उहाँ अग्र स्थानमा हुनुहुन्छ । प्रचण्ड निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीभन्दा ६ हजार ३ सय ४० मतले अगाडि हुनुहुन्छ । बुर्लाकोटीले २ हजार २ सय ७९ मत ल्याउनुभएको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले १९ सय ४६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील पन्तले ४ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू