अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

काठमाडौं ५ मा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल हार नजिक

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ६:१५ मा प्रकाशित

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल हार नजिक पुग्नुभएको छ ।  उता सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलको अग्रता भने यथावत रहेको छ ।

३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेलले सात हजार नौ सय ८१ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका उम्मेदवार पौडेलले भने ११ हजार ६ सय मत प्राप्त गर्नुभएको छ । मतगणना सुरु भएसँगै पौडेलले अग्रता लिनुभएको हो । झण्डै ५ हजार मतले पछि पर्नुभएका एमाले वरिष्ठ नेता पोखरेल हार नजिक पुग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू