अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

फिफा विश्वकप फुटबल : पहिलो खेलमै साउदीसँग हार्‍या‍े अर्जेन्टिना

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ५:५१ मा प्रकाशित

उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको हार व्यहोरेको हाे । लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो ।

सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो। त्यसअघि अर्जेन्टिनाले गरेका तीन गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू