अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

एमालेका विष्ट र एकीकृत समाजवादीकी झाँक्रीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

बिआरटीनेपाल २०७९ मंसिर ५ गते ५:४६ मा प्रकाशित

नेकपा एमालेका सचिव गोकर्णराज विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको उम्मेदवारी रहेको गुल्मी क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।ईस्मा गाउँपालिका १ अन्तरगत हिमालय मावि केन्द्रबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो ।

मत गणना कसरी गर्ने भन्ने विषयमा   जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेपछि गणना सुरु गरिएको हो  । सर्वदलीय बैठक बस्न ढिलाइ भएका कारण मत गणना गर्न  ढिलाइ भएको थियो । गुल्मी क्षेत्र नम्बर–२ मा १ लाख ४ हजार ३ सय २७ मतदाता मध्ये ५८ हजार ७ सय ७३ मत खसेको छ ।

गुल्मी  २ मा सत्ता गठबन्धनको तर्फबाट रामकुमारी झाँक्री र एमालेको तर्फबाट गोकर्णराज विष्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू