अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

इंग्ल्याण्डसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित्यो

बिआरटीनेपाल २०७९ मंसिर ३ गते ६:०८ मा प्रकाशित

इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै जितेको हो ।

आज अष्ट्रेलियाले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३८ ओभर ५ बलमा २ सय ८ रन बनाउँदा अलआउट भयो । इंग्ल्याण्डका साम विलिङले ७१ र जेम्स भिन्सले ७१ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ४/४ तथा जोस हजलउडले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर २ सय ८० रन बनायो । उसका लागि स्टेभिन स्मिथले ९४, मार्नुस लाबुसेनले ५८ र मिचेल मार्सले ५० रन बनाए । बलिङतर्फ इंग्ल्याण्डका अदिल रसिदले ३ तथा क्रिस वोक्स र डेविड विलीले २/२ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू