अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

टि-२० लिगको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७९ मंसिर ३ गते ५:४९ मा प्रकाशित

नेपाल टि-२० लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करण यहि मंसिर २६ देखि पुस १६ सम्म आयोजना हुने भएकाे छ ।

डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ वटा खेलहरु हुने भएका छन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोरखाजबीच प्रतिस्पर्धा हुने भएकाे छ । लिग चरणका ३० खेल हुँदा प्रत्येक दिन दुई खेल हुने भएकाे छ ।

प्लेअफका खेलका दिन भने दिनमा एक खेल मात्र हुनेछ । यस लिगको पहिलो संस्करणमा काठमाडौं गोरखाज, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू