अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना, तीन जना घाइते

बिआरटीनेपाल २०७९ मंसिर १ गते ५:०७ मा प्रकाशित

जुम्लाकाे तिला गाउँपालिका ४ मा पर्ने रावतवाडामा ताम्ती मतदान केन्द्रतिर जाँदै गरेकाे भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीका अनुसार ताम्ती मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन टोली चढेको जीप दुर्घटना भएको हो । प्रजिअ केशरीका अनुसार चुनावमा खटिनुभएका कार्यालय सहयोगी अंगराज गिरी गम्भीर घाइते हुनुभएको छ । यसका साथै सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने र एक जना प्रहरी सामान्य घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा परि घाइते भएकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उहाँका अनुसार गाडीमा रहेको चुनाव सामग्री सुरक्षित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू