अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

केपी ओली संविधानका भक्षक हुन् : ओनसरी घर्ती

बिआरटीनेपाल २०७९ मंसिर १ गते ४:४४ मा प्रकाशित

पूर्वसभामुख एवम् सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार ओनसरी घर्तीले आफूले चुनाव जित्ने दावी गर्नु भएको छ। केपी ओली संविधानको भक्षक भएकाले त्यसको रक्षामा लागि लडेको सत्तारुढ गठबन्धनको उम्मेदवार भएकाले आफूले चुनाव जित्ने उहाँको जिकिर थियो ।

लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं क्षेत्र २ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै घर्तीले आफ्नो जितलाई असत्य विरुद्धको सत्यको जितको रुपमा चित्रण गर्न खोज्नु भयो । आफ्नो जितलाई सत्तारुढ गठबन्धनको जित भएको उहाँले तर्क समेत गर्नु भयो ।

घर्तीले भन्नु भयो, ‘हामी जित्दैछौं । यो जित मेरो केवल एक जनाको जित होइन । यो जित त संविधानको भक्षकको विरुद्ध रक्षकहरुकाे जित हो । यो असत्यको विरुद्ध सत्यको जित हो । यो नेपाली काँग्रेसको जित हो । नेकपा (माओवादी केन्द्र)को जित हो । यो एकीकृत समाजवादीको जित हो । अन्ततः यो जित काठमाडौं क्षेत्र नम्बर २ निवासी जनसमुदायको जित हो । हामी सबैको जित हो ।’

घर्तीले आफू निर्वाचित भए महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य हुने गरी कानुन निर्माण गर्ने आश्वासन दिनुभयो । जनताको जीवनस्तरमा सुधार गर्ने, दिगो विकास, समावेशी सहितको समृद्धिको एजेण्डालाई पूरा गर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू