अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

एमाले उम्मेदवार किरणले रविन्द्र मिश्रलाई समर्थन नगर्ने

बिआरटीनेपाल २०७९ मंसिर १ गते ४:२० मा प्रकाशित

नेकपा एमालेका काठमाडौ क्षेत्र न. १ का प्रतिनिधिसभा उम्मेदवार किरण पौडेलले राप्रपाका उम्मेदवार रविन्द्र मिश्रलाई समर्थन गर्न सम्भव नभएको बताउनुभएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर पौडेलले मिश्रलाई समर्थन गर्न कुनै सहमति नभएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनको अन्तिम समयमा राप्रपाका मिश्रलाई समर्थन गरेको भन्ने हल्ला फैलाएको भन्दै सचेत रहन मतदातालाई आग्रह गर्नुभयो ।

नेकपा एमालेले काठमाडौंलगायत देशका केही निर्वाचन क्षेत्रमा राप्रपासँग चुनावी तालमेल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू