अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

प्रणाली परिवर्तन गर्ने कुरा हतारिने विषय होइन- ओली

बिआरटीनेपाल २०७९ कार्तिक ३० गते ४:५१ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासन प्रणाली परिवर्तन गर्ने विषय हतारिएर गर्ने कुरा नभएको बताउनुभएको छ । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले शासन प्रणाली भन्दा पनि व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।

‘व्यवहार उही, मान्छे उही, प्रवृत्ति र आचरण उही भएपछि जुनसुकै शासन प्रणाली आएपनि हुने केही होइन, त्यो व्यवहारले असर गर्छ’, अध्यक्ष ओलीको भनाइ छ । उहाँले सत्ता गठबन्धन २० वर्षसम्म रहने भन्ने कुरा असम्भव रहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने भएकाले खरानीको डल्लोजस्तो हुने टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू