अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

बिआरटीनेपाल २०७९ कार्तिक २९ गते ४:३१ मा प्रकाशित

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाइ असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरेको श्रोतले बताएको छ। खड्कालाई बर्खास्त गरेर भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीको जिम्मेवारी मुख्यमन्त्री पोखरेलले लै लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयले पनि सुचना जारी गर्दै खड्काले सम्हालेको मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हालेको उल्लेख गरेको छ। बर्खास्तीमा परेका खड्कालाई कास्की २ ९ख० का कांग्रेस उम्मेदवार बिन्दुकुमार थापालाई असहयोग गरेको आरोप लागेको छ। खड्काले आफुले उम्मेदवारी नपाएपछि थापालाई असहयोग गरेको गुनासो पार्टीभित्र छ। उम्मेदवार थापा प्रदेशकै कानुनमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू