अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

म्यानमारलाई आसियान सदस्य राष्ट्रहरुको सम्मेलनमा भाग लिन रोक

बिआरटीनेपाल २०७९ कार्तिक २६ गते ४:१३ मा प्रकाशित

पूर्वएशियाली नेताहरुले म्यानमारको सैन्य सरकारले गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि जारी नरसंहार रोक्नका लागि शान्ति योजना लागू गर्नुपर्ने बताएका छन् । उनीहरुले सैन्य शासकले सत्ता लिएसँगै म्यानमारमा हजारौं नागरिक मारिएको र हालसम्म पनि रक्तपात जारी रहेकाले शान्ति योजना लागू गर्न माग गरेका हुन् । कम्बोडियाको राजधानी नोम पेन्हमा भएको दक्षिणपूर्वी एशियाली राष्ट्र संघ (आसियान) को शिखर सम्मेलनमा सहभागी नेताहरुले म्यानमारमा जारी संकट समाधानका लागि शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका हुन् ।

हिंसा अन्त्य नभएको भन्दै आसियान नेताहरुले म्यानमारका सैन्य शासक वरिष्ठ जनरल मिन आङ हलाइङलाई सम्मेलनमा सहभागी हुन रोकेका छन् । सहभागीहरुले म्यानमारको सैन्य नेतृत्वले मुलुकमा शान्ति कायम गर्न नचाहेको आरोप पनि लगाएका छन् । उनीहरुले गत वर्ष अप्रिलमा म्यानमारमा सैन्य नेतृत्वसँग पाँच बुँदे सहमति गरेर हिंसा अन्त्य गरी शान्ति कायम गर्ने सहमति गरेका थिए । तर सेनाले सो सम्झौता विपरीत व्यक्ति हत्या र यातना एवं धरपकड जारी राखेको बताइएको छ ।

साेही सम्मेलनमा म्यानमारमा जारी राजनीतिक प्रतिवन्ध फुकुवा गर्न पनि माग गरिएको छ । उनीहरुले म्यानमारको शान्ति प्रयासलाई समर्थन गर्न संयुक्त राष्ट्रसंघ र बाह्य साझेदार निकायहरुसँग पनि आह्वान गर्ने जनाएका छन् । सम्मेलनमा आसियानका ९ सदस्य राष्ट्रहरु कम्बोडिया, फिलिपिन्स, इन्डोनेसिया, लाओस, सिंगापुर, थाइल्याण्ड, भियतनाम र ब्रुनाइले म्यानमारको सेनालाई शान्ति कायम गर्न दिने दवावका लागि आगामी रणनीति तय गर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू