अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

बिआरटीनेपाल २०७९ कार्तिक २५ गते ५:३० मा प्रकाशित

इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर (आईआरजीसी) का वरिष्ठ कमान्डर अमिर अली हाजिजादेहले इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबी गर्नुभएको छ ।

यो क्षेप्यास्त्रको गति उच्च रहेको र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवैतर्फ चल्न सक्ने वरिष्ठ कमान्डर हाजिजादेहलाई उद्धृत गरी इरानको प्रेस टीभी नेटवर्कले उल्लेख गरेको छ । नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्ने उहाँको दाबी छ ।

यसैबीच संयुक्त राष्ट्र सङ्घ आणविक निगरानी संस्थाले इरानसँग अघोषित आणविक सामग्रीको बारेमा छलफल भए पनि कुनै प्रगति नभएको जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएले बाँकी रहेका सुरक्षाका मुद्दाहरू स्पष्ट गर्न र समाधान खोज्नेतर्फ कुनै प्रगति हुन नसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू