अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

विश्वका ५० भन्दा बढी देश टाट पल्टिने जोखिममा, जलवायु संकट समाधान थप कठिन

बिआरटीनेपाल २०७९ कार्तिक २५ गते ४:५७ मा प्रकाशित

धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका अधिकारीले चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा संकट तथा बढ्दो व्याजदरका कारण धेरै देश टाटपल्टिने अवस्थामा पुगेको बताउनुभएको हो ।

सम्भावित आर्थिक संकटले गरिब देशका नागरिकहरूको जनजीवनमा गम्भीर प्रभाव पर्ने उहाँले चेतावनी दिनुभएको हो । ‘तत्कालका लागि हाम्रो सूचीमा ५४ देशहरू छन्’, उहाँले भन्नुभएको छ, ‘यदि व्याजदर अझै माथि गयो र ऋण लिनु थप महंगो बन्यो, ऊर्जा र खाद्यान्न थप महंगियो भने अधिकांश यी देशहरूले ऋण तिर्नसक्ने छैनन्।’

श्रीलंकामा देखिएको जस्तै अवस्थामा ती देशहरूमा पनि आउन सक्ने उहाँले चेतावनी दिनुभयो । आर्थिक संकटका कारण उत्पन्न हुने अवस्थाको राजनीतिक तथा सामाजिक प्रभाव पनि रहने स्टाइनरले बताउनुभयो । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सम्बोधन गर्दै स्टाइनरले आर्थिक संकटको अवस्था आएमा जलवायु संकट समाधान थप कठिन हुने प्रष्ट पार्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू