अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

युक्रेनी सेना खर्सोन फिर्ता लिन अघि बढ्दै

बिआरटीनेपाल २०७९ कार्तिक २५ गते ४:४८ मा प्रकाशित

रुसले आफ्नो सेनालाईपछि हट्न आदेश दिए लगत्तै युक्रेनी सेना दक्षिणी शहर खर्सोन पुनः नियन्त्रणमा लिन अघि बढेको छ । रुसी आदेशको २४ घण्टा बित्न नपाउदै महत्वपूर्ण उपलब्धि हात लागेको युक्रेनी सेनाकाे तर्क छ । ७ किलोमिटर क्षेत्र युक्रेनको हातमा आएको र सेना खर्सोनको बाहिरी काँठमा पुगेको जनाइएकाे छ । रुसले आफ्नो सेनालाई डेनिप्रो नदी तरेर बस्न आदेश दिएको छ । खर्सोन पूरै छाड्न एक साता लाग्ने भएकाे छ ।

युक्रेनले भने रुसको चालबाजी पनि हुनसक्ने भन्दै शतर्कतापूर्वक अघि बढ्न सेनालाई भनेको छ । युक्रेनी सेनाका सेनापति भ्यालेरी जालुज्नीले रुसी सेना फिर्ता भए नभएको निश्चित नभएपनि आफ्नो सेना भने अघि बढिरहेको बताएका छन् । खर्सोन नकिजका क्षेत्रमा स्थानीयले युक्रेनी सेनालाई स्वागत गरेको भिडियोहरु सामाजिक सञ्जालमा आइरहेका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको हातमा गएको खर्सोन एक मात्र क्षेत्रीय राजधानी हो । तर रुसले भने एकलौटी जनमत संग्रह मार्फत खर्सोन लगायत ४ वटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू