अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४ | Colorodo: 12:09

चर्चित टिभी अभिनेता सिद्धान्तको निधन

बिआरटीनेपाल २०७९ कार्तिक २५ गते ४:४३ मा प्रकाशित

भारतीय चर्चित टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको ४६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । भारतीय संचारमाध्यमका अनुसार सिद्धान्तले शुक्रबार बिहानैदेखि शरीरमा केही असजिलो भएर तनावमा थिए । तर यति हुँदाहुँदै पनि उनी ब्यायामका लागि जिम गएका थिए । जिम कसरतका क्रममा हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । जिम गरिरहँदा असजिलो भएपछि सिद्धान्तलाई उनका प्रशिक्षकले अस्पताल पुर्याएका थिए । जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

चिकित्सकहरुले सिद्धान्तलाई बचाउन सक्दो प्रयास गरे पनि त्यो असफल भयो । यस अघि राजु श्रीवास्तव र दीपेश भानको पनि जिममा कसरत गर्ने क्रममा मृत्यु भएको थियो । सिद्धान्त ‘कुसुम’, ‘वारिस’ र ‘सूर्यपुत्र करण’ सिरियलका लागि निकै चर्चित थिए । टिभी अभिनेता जय भानुशालीले प्रशंसकहरुलाई यो दुखद खबर भएको भन्दै सिद्धान्तको निधन प्रति दुःख ब्यक्त गरेका छन् । सिद्धान्तका श्रीमती एलिसिया राउत र दुई छोराछोरी छन् । सिद्धान्त फिटनेसमा निकै सजग थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू