अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

प्रधानमन्त्री कपमा सुदूरपश्चिमकाे पहिलाे जित

बिआरटीनेपाल २०७९ कार्तिक २१ गते ५:०२ मा प्रकाशित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको छ । प्रतियाेगितामा यो सुदूरपश्चिमको पहिलो जित हो ।मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ४ बलमा पाँच विकेट गुमाएर पूरा गर्‍याे । उसका लागि गजेन्द्र बोहराले ४१ रन बनाए । बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले तीन र दिवन पुनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै एक सय ५० रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ७० रन र सुवास एयरले २४ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले चार, हेमन्त धामीले तीन र गजेन्द्र बोहराले दुई विकेट लिए । जितसँगै समूह ‘ए’ काे सुदूरपश्चिमले चार खेलमा दुई अङ्क जाेडेकाे छ । कर्णाली तीन खेलमा अङ्कविहीन हुँदै तालिकाकाे पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू