अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

विश्वकप टि-२० क्रिकेटको सेमिफाइनलकाे समिकरण तय

बिआरटीनेपाल २०७९ कार्तिक २१ गते ४:४९ मा प्रकाशित

 अष्ट्रेलियामा जारी विश्वकप टि-२० क्रिकेटको सेमिफाइनलकाे समिकरण तय भएको छ ।सुपर १२ चरणका खेलहरु आइतबार सकिएसँगै भारत, पाकिस्तान, इंग्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका हुन् । बुधबार सिड्नीमा हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले न्युजिल्याण्डको सामना गर्ने भएकाे छ । समूहको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तान समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

यो समूहमा भारत विजेता बन्दै सेमिफइनलमा पुग्यो । आइतबारको खेलमा नेदरल्याण्ड्ससँग दक्षिण अफ्रिका पराजित भएपछि पाकिस्तानको भाग्य खुलेको हो । एड्लेडमा बिहिबार हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्याण्ड भिड्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू