अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

श्रीलंकाली क्रिकेटर धनुष्का बलात्कार आरोपमा पक्राउ

बिआरटीनेपाल २०७९ कार्तिक २० गते ६:१४ मा प्रकाशित

श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन् । विश्वकप खेल्न अष्ट्रेलिया पुगेका गुनाथिला पक्राउ परेका हुन् । एक २९ वर्षीया महिलाले प्रहरीमा धनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले ती महिलामाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ । उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छिन् ।

प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिना नै आज स्वदेश फर्किएका छन् । अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ । गुनाथिलका चोटका कारण टी–ट्वान्टी विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए । उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए । तर पनि उनी अष्ट्रेलियामै रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू