अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

टी–२० विश्वकपः पाकिस्तान सेमिफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७९ कार्तिक २० गते ६:११ मा प्रकाशित

पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो। नेदरल्याण्डससँग पराजित दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएपछि पाकिस्तान र बंगलादेशको सेमिफाइनलको ढोका खुलेको थियो।

एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो। बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय २८ रन पूरा गर्यो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू