अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

बिआरटीनेपाल २०७९ कार्तिक १९ गते ५:५२ मा प्रकाशित

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सिड्नीमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो ।श्रीलंकाले दिएको एक सय ४२ रनको लक्ष्य इंग्ल्याण्डले  ६ विकेट गुमाएर २ बल बाँकी छँदै भेटायो । उसका लागि एलेक्स हल्सले ४७ र बेन स्टोक्सले नटआउट ४२ रन बनाए । श्रीलंकाका लाहिरु कुमारा, वानिन्दु हसरंगा र धनञ्जय डि सिल्भाले २/२ विकेट लिए ।

आजको नतिजाले आयोजक अष्ट्रेलिया समेत प्रतियोगिताबाट बाहिरिएको छ । इंग्ल्याण्डसँग समान ७ अंक भए पनि रन रेटका आधारमा पछि पर्दै अष्ट्रेलिया बाहिरिएको हो । आज श्रीलंकाले इंग्ल्याण्डलाई हराएको भए वा अंक बाँडेको भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने थियो ।

यो समूहबाट न्युजिल्याण्ड सेमिफाइलनमा पुगिसकेको छ । भोलि समूह २ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । समूह २ मा भारत, दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना छ । तर भारतको ६ अंक र दक्षिण अफ्रिकाको ५ अंक रहेकाले दुई वटा देशको सम्भावना बलियो छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू