अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

राेमाञ्चक खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हरायाे

बिआरटीनेपाल २०७९ कार्तिक १८ गते ६:३३ मा प्रकाशित

आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएकाे छ । एडिलेडमा आज शुक्रवार भएकाे राेमाञ्चक खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएकाे हाे । अस्ट्रेलियाले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६४ रनमात्र बनाउन सक्याे । उसका लागि राशिद खानले नटआउट ४८, गुलाबदिन नइबले ३९ र रहमनुल्लाह गुरबाजले ३० रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जाेश हेजलवुड र एडम जम्पाले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६८ रन बनायाे । उसका लागि ग्लेन म्याक्सवेलले नटआउट ५४ र मिचेल मार्शले ४५ रन बनाए । बलिङतर्फ अफगानिस्तानका नवीन उल हकले तीन र फजलहक फरुकीले दुई विकेट लिए ।

याे जितसँगै अस्ट्रेलिया पाँच खेलमा सात अङ्कसहित समूह ‘ए’ काे तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । अस्ट्रेलियाले सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । अब उसले शनिवार हुने इङ्ग्ल्यान्ड र श्रीलङ्काकाे खेल कुर्नुपर्ने हुन्छ । त्याे खेलमा इङ्ग्ल्यान्ड विजयी हुँदा अस्ट्रेलिया स्वतः बाहिरिने छ भने इङ्ग्ल्यान्ड पराजित हुँदा अस्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । यही समूहबाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । अफगानिस्तान भने दुई अङ्कसहित तालिकाकाे पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू