अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

सन्दीप लामिछाने जेल चलान

बिआरटीनेपाल २०७९ कार्तिक १८ गते ५:४३ मा प्रकाशित

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जेल चलान गरिएकाे छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हाे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । सो आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाउने तयारी भइरहेको छ ।

गत २० भदौमा एक बालिकाले सन्दीपविरुद्ध बलात्कार आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा सन्दीप पक्राउ परेका थिए । गत मंगलबारदेखि थुनछेक बहस भएको थियो । शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीश घिमिरेको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू