अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लियो

बिआरटीनेपाल २०७९ कार्तिक १८ गते ५:४२ मा प्रकाशित

बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिकालाई  नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनु भयाे । उहाँका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा निहारिकालाई लिइएको हाे ।

आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू