अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

गल्ती स्वीकार्दै वायु सेवा निगमले भन्यो– आउँदा दिनमा सचेत हुनेछौँ

बिआरटीनेपाल २०७९ कार्तिक १४ गते ६:०३ मा प्रकाशित

टिकट बेचेर पनि यात्रुलाई काठमाण्डौबाट नयाँ दिल्ली लैजान नसकेको नेपाल वायु सेवा निगमले गल्ती स्वीकार गरेको छ । निगमले हिजो आइतवार र आज साेमवार दुई वटा उडानका लागि यात्रुसँग टिकट बेचे पनि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नलिएकाले उडान रद्द भएका छन् । उडान रद्द हुँदा हिजो दुई सय ७४ र आज एक सय ५० जना यात्रु अलपत्र परेका छन् ।

निगमले यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्तो नहोस् भनी सचेत रहनेसमेत प्रतिबद्धता व्यक्त गरेको छ । उडान रद्द हुँदा गन्तव्यमा पुग्न नसकेका यात्रुलाई वैकल्पिक व्यवस्थाबाट उडान व्यवस्थापन गरिनेसमेत जनाएको छ ।

प्रतिक्रिया