अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक आव्हान

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ६:१७ मा प्रकाशित

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाईएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनुभएको हो । निवास बूढानीलकण्ठमा बस्ने गरी सभापति देउवाले बैठक बोलाउनुभएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुधबार दिउँसो २ बजे बूढानीलकण्ठमा बस्ने जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदको वैशाख २८ गतेदेखि सुरू हुने अधिवेशन लगायतबारे छलफल हुनेछ।

कांग्रेसले बिहीबारका लागि संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक पनि राखेको छ। सचेतक सुशीला थिङले दिएको जानकारीअनुसार बिहीबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्‍दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू