अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

प्रधानमन्त्री देउवाद्धारा बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई बधाई

बिआरटीनेपाल २०७९ कार्तिक ८ गते ४:४५ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्रीमा निर्वाचित सुनकलाई बधाई दिनुभएको छ ।संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीका नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री सुनकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले आज मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै बधाई दिनुभएको हो ।
लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन काम गर्न आफू तत्पर रहेको उहाँले ट्विटरमा उल्लेख गर्नुभएको छ । बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू