अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

प्रचण्ड र बाबुरामले जनयुद्धको भावना विपरीत आत्मसमर्पण गरे– सीपी गजुरेल

बिआरटीनेपाल २०७९ कार्तिक ७ गते ४:२९ मा प्रकाशित

नेकपा माओवादी क्रान्तिकारीका वरिष्ठ नेता सीपी गजुरेलले आफ्नो पार्टी जनयुद्धभन्दा फरक खालको क्रान्तिको नजिक पुगेको बताउनु भएको छ । वरिष्ठ नेता गजुरेलले व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका पूर्णरुपमा असफल भैसकेकोले जनगणतन्त्रका लागि क्रान्तिको तयारी भइरहेको बताउनु भएको हो । नेता गजुरेलले अहिलेको लोकतान्त्रिक गणतन्त्र नेपालमा महत्वपूर्ण निर्णय नेपालीले गर्ने अवस्था नभएकोले यो व्यवस्थाको विकल्पको खोजी भएको दाबी गर्नुभयो ।

जनगणतन्त्रमा जानका लागी मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गरौँ भन्ने आफ्नो पाार्टीको घोषित निर्णयलाई जनताले मन पराएको कारण आफूहरु उत्साहित भएको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा प्रक्षेपण गरिएभन्दा १२ प्रतिशत कम मत खसेको र यसपटक त्यो भन्दा कम खस्ने उहाँको दाबी छ ।

गजुरेलले जनयुद्धपछि प्रचण्ड र बाबुरामले जनयुद्धको भावना विपरीत आत्मसमर्पण गरेको आरोपसमेत लगाउनु भएको छ । ३५ वर्षसँगै राजनीति गरेका प्रचण्ड र बाबुरामबाट आफूहरु पीडित हुनुपरेको उहाँले बताउनु भयो । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन र केपी ओलीले नेतृत्व गरेको राजावादीसहितको गठबन्धन दुवै भागबण्डाका लागि मात्रै भएको नेता गजुरेलको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू