अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

सुशासनका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

बिआरटीनेपाल २०७९ कार्तिक ७ गते ३:५९ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको बागमती प्रदेश स्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले देशलाई सुशासन दिनका लागि गठबन्धन गरिएको बताउनुभएको हो ।उहाँले गठबन्धनको एजेण्डा सुशासन भएको उल्लेख गर्नुभयो । देशलाई आज सुशासन चाहिएको भन्दै उहाँले आफूहरु सुशासनको पक्षमा उभिएको बताउनुभयो । देशमा सुशासन दिने नैतिक शक्ति भएका मानिसहरु गठबन्धनमा आवद्ध भएको उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले गठबन्धनको एजेण्डा लोकतन्त्र र दिगो शान्ति भएको पनि स्पष्ट पार्नुभयो ।

पाँच दलिय गठबन्धनको केन्द्रिय निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहनुभएका वरिष्ठ नेता पौडेलले निर्वाचनका लागि देशमा दुईवटा गठबन्धन भनेको बताउनुभयो । उहाँले बाख्रा बाख्रासित र भेडा भेडासित भनेझैं जनताको पक्ष चाहनेहरु एकातिर र प्रतिगमन चाहनेहरु अर्कोतिर भएको टिप्पणी गर्नुभयो ।

पौडेलले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउनका लागि एक स्वरमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । देशलाई संकटतर्फ धकेल्न राष्ट्रवादको मुखुण्डोमा छद्मभेषी राजनीति भईरहेको भन्दै उहाँले देशलाई जोगाउनका लागि आपसी सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले माओवादीको चुनाव चिन्ह हँसियाहथौडासँग नझस्किन र नतर्सिन पनि आग्रह गर्नुभयो । हँसियाहथौडामा लोकतन्त्रको घेरा लागेको भन्दै उहाँले त्यसमा मतदान गर्न निर्देशन दिनुभयो । उहाँले विस्तृत शान्ति सम्झौता गरेदेखि नै शान्ति, लोकतन्त्र र गणतन्त्रको पक्षमा आफूहरु एकजुट भएको र एउटै विचार लिएर अगाडी बढेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू