अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

सबैले माया गर्दा रहेछन्

गोपी मैनाली २०७९ कार्तिक ४ गते १४:५२ मा प्रकाशित

(कथा)
‘अभय अत्यन्त मिलनसार र सबैको सहृदयी साथी । उसको जति प्रशंसा गरे पनि पुुग्दैन । ईश्वरलाई पनि असल मानिसको खाँचो पर्ने रहेछ । म निःशव्द छु’ । जीवनले आफ्नो व्याचमेट अभयलाई मुक्तकण्ठले श्रद्धान्जली पोष्ट गर्‍यो ।

अभय मनमनै दङ्ग पर्छ, ‘जीवनले मलाई कति माया गर्दोरहेछ । जागिरको क्रममा त्यस्तो कहिल्यै देखेको थिइन । बरु उछनापछिनको प्रतिस्पर्धामा पो देखिन्थ्यो । सँधै भाँजो हालेको जस्तो पनि देखिन्थ्यो । मन कति उदात्त रहेछ । मन उदारेर हेर्न सकिने होइन, सँधैभरि मन देखिने पनि होइन । नवताएका कुरा एकैचोटी बताइदियो विचराले’ ।

आफ्ना व्याचमेट भनेपछि अभय भुत्तुक्कै हुन्थ्यो । जागिरका व्याच हुन कि, पढाइका व्याच सबै क्षेत्रमा आफ्नै व्याचका साथी अघि भैदिए हुन्थ्यो भन्ने सोच्थ्यो । चाहना मात्र होइन, सहयोग पनि गथ्र्यो, शुुभकामना पनि दिन्थ्यो । शुुभकामना र शुुभेच्छाले नै उसले साथी सङ्गातिकोमनजित्दै आएको थियो । माया, भावना, सहयोगले सबैलाई जितेको थियो अभयले । मन जित्ने सम्पत्ति त उससंग कहाँ थियो र ? सँधैजसो अभावमा बाँचेको तर पनि खुसी ।

‘जन्मेपछि कसले जानुपर्दैन र ? तर अभय जस्तो साथी गुमाउनुु परेकोमा संसारै निष्पट्ट अध्यारो लागि रहेछ । बैकुण्ठवास होस् अभय । अलविदा ।’ रोहितको श्रद्धान्जली पोष्ट भरिएका शव्द पनि कम्ता ओजिला थिएनन् ।

‘के रोहित सँच्चै मलाई यति माया गर्छ ? के कसैको मृत्युले अरुको जीवनलाई त्यति खल्लो बनाउँछ ?मैले सहयोग गर्दा पनि झर्केरै हिडेको थियो । फन्केर हिडेको थियो, धन्यवाद सम्म भनेको थिएन । होइन, यो मेरो अनुुभूूति हो । कसैको माया देखाउने स्वभाव हुँदैन, कोही भित्रभित्रै माया गर्छन्, अन्तर्मुखी हुन्छन् । स्वभावले मानिसलाई अर्कोबाट अलग्याएको छ । मैले चाहि त्यो बुुझ्न सकिन छु । जेजसरी श्रद्धाका शव्द व्यक्त गरेको छ्, ती मेरा लागि अन्तिम अभिव्यक्ति । अन्तिम अभिव्यक्ति, जसको न म प्रतिक्रिया दिनसक्छु, न चाहेर त्यसलाई सचेत वोध नै गर्नसक्छु । रोहित लगायतसबै साथीहरुबाट व्यक्त भावना पवित्र छन्, निस्वार्थ छन्, निस्काम छन् ।’

कसैका लागि अन्तिम शव्द दिंदा मानिस निकै खुला र उदार हुन्छ, आफ्ना मनमा कलुषित भावना थिए भनेपनि त्यसको प्रायश्चित्त गर्छ ।
छिमेक बस्तीका विन्दास साथीहरु हृदय नै छैनजस्ता मोजमजाकमा रमिन्थे । प्यारो साथीको विछोडमा गीताका श्लोक, लेखनाथको कालमहिमाका छन्द लहरी छानीछानी श्रद्धान्जलीमा शव्दहरु सरर…र्र पस्केका १‘हृदय नभएका पनि मानिस हुन्छन् र ?विचराहरु देखाउन मात्र नजानेका’१
टोल सुधार समितिका साथीहरुले त आफ्नापट्टि मात्र बाटो र ढल लगेर चित्त दुुखाएका थिए । चन्दा भने हामी सवैबाट उठाए तर निर्माण चाहि आफनो तिरमात्र । आफूूहरुले अभयको मन किन दुखाएका हौला भनेर पनि होला श्रद्धान्जलीका शव्दसागर बर्षाएका छन् । कठै यो लोभ र लालसाले पनि जीवनमा मानिसलाई कति साँघुरो बनाएको रहेछ ?माया, श्रद्धा र आदरका उदार शव्द कसैको निधनमा मात्र सीमित हुन्छन् कि मानिसले सँधैका लागि दुुखवोध गर्छ र फराकिलो बन्छ ?मनोवैज्ञानिक तुुष्टि र

साथी, छिमेकी र आफन्तको निधनमा मात्र मानिस भावनामा बग्छ, वास्तविकतामा पोखिन्छ र आदर्श बन्छ । केही दिनपछि फेरि उस्तै सामान्य लयमा फर्किन्छ । मृत्युको सन्देशले क्षणिक चेतनाबोध त गर्छ तर त्यो स्थायी कहिले पो देखिएको छ र ? के मृत्युदेखि पनि मानिस डराउँदैन ?
भवजी विदेश जान मरिहत्ते गर्दा पनि मभन्दा उहासंग मिल्ने साथीले ढिउन दिनु भएन, तँलाई लान्न भनेर मन दुख्नेगरी जवाफ दिनु भएछ । उहाँको अकस्मात निधन हुँदा त्यही साथीले कति भावुक भएर श्रद्धान्जली दिनु भएको । ती शव्दबोध भवजीले गर्न पाउनु भएको भए कस्तो अनुुभूति गर्नुहुन्थ्यो होला ?

अभयले जागिर खुवाएर दशौ व्यक्तिलाई उद्धार गरेको थियो, तर कहिले पनि धन्यवादका शव्द पनि पाएको थिएन । धन्यवाद पनि अपेक्षा गर्ने कुरा थियो र ? होइन, सहयोगी मनलाई प्रोत्साहन गर्न पनि त धन्यवादका शव्द दिनुपर्दैन थ्यो ? भुवनले कति लामो स्ट्याटस लेखेछन् ‘त्यस्तो मिलनसार अभिभावक गुमाउँदाको पीडा पोख्ने शव्द पनि छैन, सामथ्र्य पनि छैन । सबैको भलो चाहने महान मानिसलाई ईश्वरले आफूमा समाहित गरुन ।’

अभयले बाटो देखाएर नै दर्जनौ महिलाहरु चुलोचौघेराबाट राष्ट्रको उच्च प्रशासकीय जिम्मेवारीमा पुुगिसकेका छन् । गृहिणीहरु प्रशासकीय ओहोदाको भूमिकामा समाज रुपान्तरणलाई मनग्गे योगदान पुु¥याएकोमा अभय कम्ती खुसी छैन । शव्दले आकार नपाए पनि मनले कति आशिर्वाद दिएथ्यो होला । अहिले त शव्दका श्रद्धाहरु उन्मुक्त रुपमा पोखिएका छन् ।

जिउदोमा धन्यवाद नभनेर के भयो ? कुभलो कसैको चिताएन । ‘सके सपारौं न सके नविगारौं’ को आदर्श भावना अभयको जीवन दर्शन थियो । उसलाई थाहा थियो, कसैले कसैको हानी गरेको छ भने उसको मनले राख्ने भावनाले कुभलो गर्नेलाई ढिलो चाँडो प्रगतिको मार्ग अवरुद्ध गरिहाल्छ मानिस अरुलाई नराम्रो गर्न जन्मेको नै होइन । नकारात्मक भावनाको प्रसारले नकारात्मकताको उत्पादन गुणत्तर गर्छ । अरुलाई राम्रो भावना राख्ने, राम्रो गर्नेलाई अरुका अव्यक्त मनले संधै शुुभेच्छा दिइरहेका हुन्छन्, आत्मवल त्यत्तिकै बढेको हुन्छ । मनकारी आत्महरुले नै संसार सिर्जना गरेका हुन् ।

अभयले काम लगाउदा पनि बहानामा कुरा काट्नेहरु पनि जीवनको इहलीला पूरा गरेका हाकिमको मुक्तकण्ठले प्रशंसा गरेका छन् । प्रशंसा पाउन पनि मृत्युनै वरण गर्नुपर्ने ? चेत अवस्थामा प्रतिक्रिया पाउने हक अभयको छैन ?मरेपछिका प्रशंसाका बर्षाले के अर्थ?
अभयका कुराहरुलाई सँधै उपेक्षा गर्ने, नसुने जसरी वेवास्ता गर्ने विनयले पनि भावविह्वल भएर शव्दश्रद्धान्जली पोष्ट गरेछ । मानिस अरुको भनाइलाई किन वेवास्ता गर्छ ? झन साथीले नै किन त्यसो गरेको होला ? अभय एक्लै भावुक भएको थियो । नाम जस्तो विनय विनयी थिएन । ‘विनयको मन कति सफा छ । उसका मनका कुरा पनि मलाई बताउन पाएन छ । अव कहिले सँगै बसेर भला कुसारी गर्ने होला ?’
मानिसहरु कर्मको व्यस्तताले पनि अरुलाई राम्रो भन्ने समय पाउँदैनन् । नराम्रो भन्ने समय चाहि किन पर्याप्त हुन्छ त ? के नराम्रो भन्दा राम्रो कुराको प्रकाश हुनुुपर्ने होइन ? जसले जे जसरी सम्झिउन मानिस अरुको अवनतिमा दया गर्छ तर सफलतामा चाहि ईष्र्या । मानिस अरुको प्रशंसाले आफू होचो हुने मनोविज्ञानबाट ग्रसित छ । थोरै अपवादले समाज यहासम्म आइपुुगेको, मानव सभ्यता बनेको हो ।
जीवनलीला विसर्जन भएको मैले चाहि यस्ता फाल्तु कुरा किन सम्झेको नि ?अरुलाई सहयोग गर्न, भलो गर्न कसले बाध्य गरेको थियो र ? त्यसको क्षतिपूर्ति खोज्नुु, असल शव्दको अपेक्षा गर्नु पनि नैतिक अपराध जस्तै होइन र ?यी भावना ममा किन आएका ?’

लोचन त टुहुरो सुकुम्वासी बच्चा । अभयको माया र बात्सल्यले पढाइ, जागीर, पद र परिवार सबै जुरेको छ । अभयको सहयोग भन्दा पनि लोचनको भाग्य थियो । उसको भाग्य नुहुँदो हो त अभयमा मनकारी भावना नै आउदैनथ्यो होला । अभय जिउदो रहेसम्म लेचनले कुुनै शव्द व्यक्त गरेको थिएन । आज त लामो स्ट्याटस राखेछ–‘मेरा आमा बुवा नभए पनि आमाको बात्सल्य र बुुवाको अभिभावकत्व सहित मलाई जीवन दिने महान आत्मालाई यस दुखद घडीमा शव्दका एक अँजुली श्रद्धान्जली । संधै मनभरि सजाउने छु । जीवनभरि तस्विर पुजा गर्नेछु ।’
‘हो लोचनले शव्दमा कहिले केही भनेन । तर मनभरि यति धेरै आस्था र सम्मान राखेको रहेछ । सहयोग गरेको कुरा संधै उड्किने कुरा हो र ? सहयोगी मन र मनकारी हातहरु अरुलाई गरेको सहयोग उड्केर सहयोगको अपमान गर्न पनि चाहँदैनन्’ ।
अभय मनमनै दंगदास छ । संधैभरि सबैको रिस, आरिस र डाढ गर्ने मोहन पनि कति दुखी भएछ उसको निधनमा । धेरैले आप्mनै मन पखाल्ने अवसर पनि पाएका हुँदैनन् ।

‘मैले चिन्न सकिन होला । काममा मात्र गोरु झै एकोहोरो दाँईमा रहनेले अरुको मन कसरी बुुझ्न सक्छ?

बुुझाइको फासलाले पनि वास्तविकता वोध गर्न सकिएन छ । आफैले पश्चाताप गर्नु बाहेक के विकल्प ?
रोहणको श्रद्धान्जलीको कति प्रशंसा गर्नु ? –असल मानिस आफै जलेर पनि उजेल्याउँदै आफै असमयमा ध्याप्प निभ्यो । हे ईश्वर पनि निकै निष्ठूर रहेछस् ।

यसमाथि कमेन्ट, लइक गर्नेको संख्या त सैयौं, कति त नाम नसुकनेका नचिनेका पनि । दिवंगतलाई श्रद्धासुमन अर्पण गर्न मानताको काम हो । जीवनमा जे जस्ता उतार चढव, सम्बन्धको ओराली उकाली भएपनि दिवंगत पछि आफ्नै दुुर्भावनाको क्षतिपूर्ति र पश्चातपका लागि पनि मानिस श्रद्धान्जलीमा निकै उदार देखिदा रहेछन् ।

के जीवनकालका शुुभकामना जस्तै दिवङ्गतका श्रद्धान्जली पनि फोगट औपचारिक हुन् ?
महत्वकाङ्क्षा र स्वार्थको रस्साकस्सीमा वेपर्वाह राजनैतिक दलका कार्यकर्ता पनि शव्द श्रद्धाञ्जलीमा उदार देखिए । पत्रकार साथीहरुले मेडियाफ्रेण्डली लामो माला नै उन्न भ्याएछन् ।

अभय आफू सबैको प्रिय भएकोमा दङ्गदास छ । जीवनकालमा संघर्षका कारण पनि, व्यस्तताका कारण पनि वा अरु यस्तै कारणले न्याय गर्न नसकेका थिए होलान् । दुख पर्दा त हो मानिसले सहानुुभूूतिका शव्द खर्चिने ।

प्रगति र सफलतामा भित्रभित्रै मुुर्मिरिएर, मन बाँधेर मुखबाट शुुभकामना भन्नेहरु पनि अभयको मृत्युमा मृत्युलाई बेस्सरी गाली गरिरहेका छन् ।
सबैबाट माया र सहानुुभूति पाएको भाग्यमानी अभय फेरि मत्र्यलोकमा केही दिनका लागि भएपनि बाँच्न चाहन्छ । यति धेरैको मायाले वाँच्ने लालसामा रहेको अभय धिक्कार्छ –अकालमा किन मर्नु परेको ? यति धेरै श्रद्धा सुमन भन्नेहरुसंग केही समयखुसीका अनुभूति साट्न पाए पनि त हुने नि ?

यति धेरै माया गर्र्ने संसार छाडेर जडचेतमा कसरी पुुग्ने ?
अभय निद्राबाट झल्यास्स हुन्छ ।

–मैनाली निवास
क्षितिज मार्ग, शङ्खमूल ।