अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७९ कार्तिक १ गते ७:०४ मा प्रकाशित

नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ। राजश्री प्रोडक्सनको व्यानरमा बनेको चलचित्रको ट्रेलरमा नेपालको हिमाली क्षेत्रको दृश्य देखाइएको छ।चलचित्रमा अभिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेनजोङ्पा, नीना गुप्ता, परिनीती चोपडालगायतको मुख्य अभिनय रहेको छ।

चलचित्रको निर्देशन सूरज बडजात्याले गरेका हुन् भने चलचित्रमा संगीत संयोजन अमित त्रिवेदीको छ। चलचित्रको छायांकन नेपालको सगरमाथा क्षेत्रमा गरिएको थियो। चलचित्र आगामी नोभेम्बर ११ मा प्रदर्शनमा आउने छ।

प्रतिक्रिया