अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट सुरु : मधेश प्रदेशको विजयी सुरुवात

बिआरटीनेपाल २०७९ असोज २३ गते ६:२५ मा प्रकाशित

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आजदेखि सुरु भएको छ ।पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा मधेश प्रदेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ ।

मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै अलआउट भयो । गण्डकी प्रदेशका लागि शीला क्षेत्रीले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।मधेश प्रदेशकी अनुराधा चौधरीले ४ विकेट लिइन । कविता गौतम र शान्ति चौधरीले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो । मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रन बनाइन् । गण्डकी प्रदेशकी आकृती तिवारीले ३ विकेट लिइन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू