अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

त्रिदेशीय टी–२० क्रिकेटको दोस्रो खेलमा पनि पाकिस्तान विजयी, न्युजिल्यान्ड ६ विकेटले पराजित

बिआरटीनेपाल २०७९ असोज २२ गते ४:३० मा प्रकाशित

त्रिदेशीय टी–२० क्रिकेटको दोस्रो खेलमा पनि पाकिस्तान विजयी भएको छ । हिजो बङ्लादेशलाई हराएको पाकिस्तानले आज न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।

क्राइसचर्चमा न्युजिल्यान्डले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ८ बल बाँकी छँदै चार विकेट गुमाएर भेट्टायो। पाकिस्तानका लागि कप्तान बाबर आजमले नटआउट ७९ तथा शदाव खानले ३४ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ब्लाएर टिकनरले दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले डेवन कनवेको ३६ र मार्क चापम्यानको ३२ रन मद्दतमा एक सय ४७ रन बनाएको थियो । बलिङतर्फ पाकिस्तानका ह्यारिस रौफले तीन तथा मोहम्मद नवाज र मोहम्मद वासिमले २/२ विकेट लिए।

६ खेलको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा हिजो पाकिस्तानले बङ्लादेशलाई हराएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू