अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

दशैँको टीका लगाउने क्रम जारी : मान्यजन र आफन्तहरुकोमा पुग्नेहरुको चहलपहल

बिआरटीनेपाल २०७९ असोज १९ गते ३:४२ मा प्रकाशित

यो वर्षको विजयादशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरूले बिहान ११ बजेर ५१ मिनेटको उत्तम साइतमा टीका लगाएका छन् । टीका थाप्न मान्यजन र आफन्तकाेमा पुग्नेहरूको चहलपहल पनि सुरु भएको छ ।

काठमाण्डौ उपत्यकाका सडकमा मानिसहरुको केही चहलपहल बढ्न थालेको छ । दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो ।
दशैँअघि नै लाखौँ मानिस उपत्यकाबाहिर गएकाले अरू बेलाभन्दा केही सुनसान छ ।

निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाडी फाट्टफुट्टरूपमा मात्रै चलेका छन् भने निजी गाडीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आउने जाने गरिरहेका छन् ।

देशका कतिपय ठाउँमा आज एक दिनमात्र टीका लगाउने चलन भएकाले टीका लगाएपछि फेरि मानिसहरू कर्मथलो फर्कन सुरु गर्छन् । कतिपय ठाउँमा भने कोजागत पूर्णिमासम्म नै टीका लगाउने चलन छ । तर यसपालि झरी परेकाले आफन्त एवम् मान्यजनकोमा टीका थाप्न जानेलाई कठिनाइ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू