अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७ | Colorodo: 20:52

परिवर्तन र संविधान जोगाउने हाम्रो चुनावी एजेन्डा : नेता पौडेल

बिआरटीनेपाल २०७९ असोज १७ गते २:४२ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन र संविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावमा जाने  बताउनु भएको छ । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधान रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने बताउनु भएको हो  ।

पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अझै संकट कायम रहेको पनि बताउनु भयो ।

पौडेलले भिडियो सन्देशमा  भन्नुभएको छ ,  ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूती भइरहेको छ । पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो ।’  उहाले नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूति   भैरहेको बताउनु  भयो ।। देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको  उहाको भनाइ छ ।

पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट पार्नुभएको छ । भिडियो   सन्देश मा उहाले भन्नुभएको छ, ‘मुलुकको हितको लागि र समाजिक न्यायका लागि हामी डटिरहेका छौं । मुलुकलाई उन्नतिको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौं ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू