अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 05:24

इटहरीका पूर्वमेयर चौधरी माओवादीमा प्रवेश

बिआरटीनेपाल २०७९ असोज १५ गते २३:१४ मा प्रकाशित

सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा (एमाले)का नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुर खुमलटारस्थित निवासमा पुगेर चौधरी लगायतका एमाले नेता र कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष दाहाल, पूर्वमन्त्री राम कार्की लगायत नेताहरूले चौधरीको टिमलाई पार्टीमा प्रवेश गराएको हो ।

माओवादी केन्द्रका अनुसार चौधरीसहित १० नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

विद्यार्थी संगठनबाट राजनीतिमा लागेका चौधरी एमालेको सुनसरी जिल्ला अध्यक्ष  भैसकेका नेता हुनुहुन्छ । चौधरी २०७२ सालमा एमाले सुनसरी जिल्लाको अध्यक्ष   हुनुभएको थियो भने २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू