अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

प्रलोभन देखाएर कम्बोडिया पठाउने एक युवतीसहित तीन जना पक्राउ

बिआरटीनेपाल २०७९ असोज ११ गते ६:३१ मा प्रकाशित

प्रलोभन देखाएर कम्बोडिया पठाउने एक युवतीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा लक्ष्मीनिया-४ घर भई बालकुमारी बस्दै आएकी २२ वार्षीया राखी सिंह, महोत्तरी बथनाह-१ घर भई बत्तिसपुतली २९ वर्षीय दिवाकर झा र मेनपावर सञ्चालक सप्तरी रुपनी-१ घर भई सिनामंगल बस्ने ३५ वर्षीय उदित नारायण साह रहेका छन्।

सिनामंगलको आयुष ओभरसिज प्राइभेट लिमिटेडका नामले साह मेनपावर चलाएका थिए । मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो।व्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर मल्लका अनुसार उनीहरुले एक हजार अमेरिकी डलर कमाउने प्रलोभन देखाएर जाहेरवाला परिवर्तित नाम रमिलालाई कम्बोडिया पठाएका थिए।

३ लाख ८२ हजार लिएर उनीहरुले पीडितलाई दुबई, सिंगापुर हुँदै कम्बोडिया पठाएका थिए। त्यहाँ पुग्दा एक चाइनिज कम्पनीमा बन्धक भई काम गर्नुपरेको पीडितले उजुरीमा उल्लेख गरेका छन्। सो कम्पनीले ठगी काम गर्ने गरेको र जबर्जस्ती काममा लगाउने गरेको पीडितको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू