अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

१४ गतेभित्र समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोग आग्रह

बिआरटीनेपाल २०७९ असोज १० गते २२:०५ मा प्रकाशित

निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ । आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न पत्र नै पठाइएकाे छ। अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ । स्राेतले भन्याे, ‘ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न सक्नकाे लागि पत्र पठाइएकाे हाे।’

निर्वाचन आयोगमा दर्ता भएका दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू