अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश

बिआरटीनेपाल २०७९ असोज ९ गते ७:१४ मा प्रकाशित

पर्सिदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनुहुने भएको छ । सर्वाेच्च अदालत स्राेतका अनुसार मंगलबारबाट तीर्थाटनका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत जाने भएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बन्न लाग्नुभएकाे हाे ।

आगामी असोज १६ गतेदेखि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको नेतृत्व हरिकृष्ण कार्कीले गर्नु हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू