अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

प्रचण्ड, नेपाल र यादवबीच छलफल

बिआरटीनेपाल २०७९ असोज ७ गते ६:२९ मा प्रकाशित

सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सहमति जुटाउन सकस परिरहेका बेला कांग्रेसबाहेक तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटका विषयमा छलफल भएको हो ।गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले सिट बाँडफाँटमा बढी सिट लिने अडान लिएपछि प्रचण्ड, नेपाल र यादवले मोर्चाबन्दी गरेर छलफल गरेका हुन् ।

गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुंगो लागेको छैन । ‘गठबन्धनमा सिटको बाँडफाँट मिल्न सकेको छैन । त्यहीबारे तीन दलका अध्यक्षहरूबीच छुट्टै छलफल भयो,’ जसपाका एक नेताले भनेका छन्, ‘गठबन्धनमा दलहरूबीचको सिट बाँडफाँटमा तीन दलले लिने अडान र सहमतिका सम्भावनाहरूबारे कुराकानी भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू