अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

बिआरटीनेपाल २०७९ असोज ७ गते ६:०१ मा प्रकाशित

सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री, बर्दियाको बढैयाताल गाँउपालिका–६ का एक वडाध्यक्ष समेत छन् । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख खत्री र नासु रुद्रसेन साहु, बढैयाताल गाँउपालिका–६ का वडाध्यक्ष रामहरण थारु, सोही गाउँपालिकाका सैजाद अली तेली र जैनव तेलीका साथै बाँसगढी नगरपालिका–८ बस्ने अञ्जना दाहालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार बर्दियाको बढैयाताल–६ मा चिरकु तेलीका नाममा २ बिगाहा ६ कट्ठा जग्गा थियो । २०४३ सालमा उनको निधन भएपछि हकखाने कोही भएनन् । कानून अनुसार त्यो जग्गा स्थानीय तहको स्वामित्वमा जानुपर्ने थियो । तर भूमिसुधार तथा मालपोत कार्यालयले व्यक्तिका नाममा दर्ता गरेर भ्रष्टाचार भएको अख्तियारको दावी छ ।

अख्तियारले मालपोत कार्यालयका प्रमुख खत्री र नासुसाहुमाथि स्थानीय तहको नाममा आउनुपर्ने जग्गा जैनव तेलीका नाममा अस्थायी लालपूर्जा दिएको आरोप लगाएको हो । जैनवको नाममा आएको जग्गा पछि सैजाद अलि तेलीको नाममा गयो । अख्तियारले उनीहरुमाथि ५४ लाख ८० हजार विगो माग दावी गरेको छ । त्यो जग्गा किनेका कारण अञ्जना दाहालमाथि अख्तियारले जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू