अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

निर्वाचन आचारसंहिता ११ गतेदेखि लगाउने आयोगको तयारी

बिआरटीनेपाल २०७९ असोज ७ गते ५:५४ मा प्रकाशित

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता असोज ११ गतेदेखि लगाउने तयारी गरेको छ ।निर्वाचन आयोग स्रोतका अनुसार आचारसंहिता पालनाको प्रतिबद्धता व्यक्त गर्न आइतबार दलहरुलाई हस्ताक्षरका लागि बोलाउने तयारी गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसमेत हस्ताक्षरका लागि आयोग जाने भएका छन् ।“निर्वाचन आचारसंहिताका केही बुदाँहरु त लागु गर्न निर्देशन दिइसकेका छौँ । सम्पूर्ण रुपमा ११ गतेदेखि आचारसंहिता लगाउने आयोगको तयारी छ,” स्रोतले भनेको छ, “आचासंहितामा हस्ताक्षरका लागि आइतबार प्रधानमन्त्री, गृहमन्त्री पनि आउने कुरा भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाउन पत्र पठाउँदैछौँ ।”

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू